विराटनगरको युनिक मिठाईका संचालकले कामदार कुट्न खोजेपछि…

विराटनगरको युनिक मिठाईका संचालकले कामदार कुट्न खोजेपछि…

विराटनगर, २० मंसिर । विराटनगर ७ स्थित हनुमानदास रोडमा अहिले नाला बनाउने कार्य धमाधम भईरहेको छ । आशिष कन्ट्रक्सनले निर्माणको जिम्मेलिएको विकासको काम झारो टार्ने खालको भएपछि स्थानीय बिरोधमा उत्रिए । नाला बनाउने काममा चरम लापारबाही भेटिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले विरोध मात्र हैन, बनाईएको नाला भत्काएर र पुनः निर्माण गर्नुपर्ने भन्दै निर्माण गर्न लगाए । नाला बनाउने कामदारहरुले कमसल सामग्रीको प्रयोग गरी नाला बनाएको भन्दै स्थानियले विरोध गरेपछि बनाईएको नादा भत्काईएको हो ।
युनिक मिठाई पसलको दादागिरी
बनाउदै गरेको नालामा यूनिक मिठाई पसलले दल हालिदिएपछि विवाद भएको छ । निर्माण स्थलमा ढलको फोहोर जन्य पदार्थ फालेको पाईएको हो । स्थानियबासीले मिठाई पसलका संचालकलाई त्यस्तो नगर्न भन्दा उल्टै हातपात गर्न खोजेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र र मिठाई पसलका सञ्चालक विच विवाद समेत सिर्जना भयो । विकास निर्माण भई रहेको ठाउँमा के गर्नेै नगर्ने समेत हेक्का नभएको मिठाई पसल संचालकलाई स्थानीयले सम्झाउँदा समेत अटेर गरेपछि विवाद भएको थियो ।
विवादले ठूलै रुप लिने अबस्था आएपछि जिल्ला प्रहरी कार्यलयबाट पठाईएको प्रहरीको बाक्लो उपस्थितीमा बाक्लो मात्रमामा प्रहरी परिचालन गरेको थियो । विकासको काममा अबरोध गर्ने मिठाई पसल संचालकलाई भने प्रहरीले कुनै कार्वाही गरेन भने कमसल सामाग्रीको प्रयोग गर्ने ठेकोदार कम्पनीले समेत उन्मुक्ति पाएको छ ।

यस्ताे भिडियाे

https://www.facebook.com/ourbrt/videos/273027313562629/?eid=ARD0-GV5ctcifKthpF1KY45Zn_m8Zj9FBm9lg2AesHV13D_BeKuDEemPidvYMF7z4jXNAyshPKXHZ1fm

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्