मोरङबाट आठौं राष्ट्रिय खेलकुदका लागि आइटिएफ तेक्वान्दोका १६ खेलाडी छनौट

<span class='c1'>मोरङबाट आठौं राष्ट्रिय खेलकुदका लागि आइटिएफ</span> <span class='c2'>तेक्वान्दोका १६  खेलाडी छनौट</span>

विराटनगर, २४ मंसिर ।
मोरङ जिल्लामा आठौं राष्ट्रिय खेलकुदका लागि जारी छनौट खेल अन्तर्गत आइटिएफ तेक्वान्दोका १६ जना खेलाडी छनौट भएका छन् ।
तेक्वान्दो खेलमा पुरुषततर्फ ७१ देखि ७८ केजीमा वसन्त बुढाथोकी, ५८ देखि ६४ केजीमा ब्रिटिस गुरुङ, ५२ देखि ५८ केजीमा मनिष मगर, ६४ देखि ७१ केजीमा अस्मित खड्का, ७८ देखि ८५ केजीमा सन्तोष थापा छनौट भएका छन् । त्यस्तै ८५ देखि ९२ केजीमा दिवस बस्नेत, ४८ केजीमा नितेस खवास, ९२ केजीमा सौरभ आचार्य छनौट भए । त्यस्तै महिलातर्फ ४७ देखि ५२ केजीमा रेजिना लावती, ४७ केजीमा अनिषाकुमारी माझी, ६२ देखि ६७ तौलमा प्रकृति कार्की, ५२ देखि ५७ केजीमा सरस्वती श्रेष्ठ, ६७ देखि ७२ केजीमा आस्था उप्रेती, ७२ देखि ७७ केजीमा जुनु राणा र ७७ केजीमा केशरी आचार्य छनौट भएका छन । छनौट भएका खेलाडीले प्रदेश स्तरीय छनौटमा प्रतिस्पर्धा गर्ने र त्यहाँ उत्कृष्ट हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्