बिराटनगर आन्तरिक राजश्व कार्यालयले १३३ प्रतिशत बढी सङ्कलन गर्यो

<span class='c1'>बिराटनगर आन्तरिक राजश्व कार्यालयले १३३</span> <span class='c2'>प्रतिशत बढी सङ्कलन गर्यो</span>

बिराटनगर , मंसिर २६ । आन्तरिक राजश्व कार्यालय बिराटनगरले चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।

सङ्कलित राजश्वमा आयकर रु.५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु.९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा कर .दुई करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्क रु.५३ लाख ६८ हजार रहेको छ ।

कार्यालयका अनुसार भ्याटमा सात हजार २९२, अन्तःशुल्कमा तीन हजार ६६४, प्यानमा ४२ हजार ८७३ र पि–प्यान ३६ हजार ९२ दर्ता रहेको छ । गत वर्ष १६७ व्यवसायीको दर्ता खारेजी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्