इलाममा पुस २० गते लगानी सम्मेलन हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

<span class='c1'>इलाममा  पुस २० गते लगानी सम्मेलन</span> <span class='c2'>हुने, प्रधानमन्त्री  ओलीले उद्घाटन गर्ने</span>

इलाम , १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ। कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो। लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने इलाम नगरपालिकाले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि विभिन्न समयमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै इलाम नगरपालिका र इलामे नागरिकका तर्फबाट उनलाई सम्मान तथा नागरिक अभिनन्दन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए।

बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योगको प्रवद्र्धनका लागि लगानी सम्मेलन गर्न लागेको हो। सम्मेलनमा लगानीकर्ताहरू, उद्योगपति, जिल्लास्थित उद्यमीहरूलाई निमन्त्रणा गरिने जनाइएको छ। लगानी आकर्षण गर्नका लागि नगरपालिकाले लगानी प्रवर्द्धन नीति र घरेलु उद्योग प्रवर्द्धन नीति बनाउने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्