सामूदायिक प्रहरीले इटहरीमा सरसफाई र जनचेतना जगाउने

<span class='c1'>सामूदायिक प्रहरीले इटहरीमा सरसफाई</span> <span class='c2'>र जनचेतना जगाउने</span>

विराटनगर, १ पुस ।
नेपाल प्रहरीले सामुदाय प्रहरी सेवा अन्र्तगत सुनसरीको इटहरीमा सरसफाई र जनचेतना जगाउने कार्यलाई तिब्रता दिएको छ ।
नेपाल प्रहरीलाई अझ नागरिक मैत्री बनाई अपराध, दुर्घटना र सामाजिक बिकृति नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सुरु गरीएको कार्यक्रम इटहरीमा पनि प्रभाबकारी बन्दै गएको छ । इटहरी अस्पताल परिसर र विभन्न क्षेत्रमा प्रहरी र समुदायको सहकार्यमा सरसफाई भएको छ । अधिकाशं समय हतियार लिएर हिड्ने प्रहरी गाँउ घरमा कुच्चो र खरेटो दिएर आउदा स्थानीयले स्वागत गरेका छन ।
प्रहरीकोे यो अभियानलाई स्थानीय र जनप्रतिनीधीले पनि साथ दिएका छन । समाजमा रहेका विकृति विसंगती अन्त्य गर्न सामुदायिक प्रहरी सेवा केन्द्र लाई अझै प्रभावकारी बनाउन जनता नै प्रहरी र प्रहरी नै जनता हो भन्ने अवस्था सम्म पु¥याउन आफुहरु लागि परेको सरसफाई कार्यक्रममा सहभागीहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्