प्रदेश १ को पर्यटकीयस्थल इलाममा लगानी सम्मेलन हुने

प्रदेश १ को पर्यटकीयस्थल इलाममा लगानी सम्मेलन हुने

इलाम पुष १ , इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो ।

लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि विभिन्न समयमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै इलाम नगरपालिका र इलामे नागरिकका तर्फबाट उहाँलाई सम्मान तथा नागरिक अभिनन्दन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योगको प्रवर्द्धनका लागि लगानी सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा लगानीकर्ताहरू, उद्योगपति, जिल्लास्थित उद्यमीहरूलाई निमन्त्रणा गरिने जनाइएको छ । लगानी आकर्षण गर्नका लागि नगरपालिकाले लगानी प्रवर्द्धन नीति र घरेलु उद्योग प्रवद्र्धन नीति बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्