परपुरुषसँग सम्बन्ध रहेको आशंकामा पत्नी र छोरीको हत्या, भारतीय नागरिक पक्राउ

परपुरुषसँग सम्बन्ध रहेको आशंकामा पत्नी र छोरीको हत्या, भारतीय नागरिक पक्राउ

हेटौंडा, १ पुस ।  पत्नी र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौंडाले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ ।  भारतको बिहार घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटक–पटक पत्नीसँग झगडा भएको र पत्नीको अरुसँग सम्बन्ध रहेको शंका गर्दै हेटौंडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ ।  अभियुक्त रमजानमियाले आफ्नो पत्नी २५ वर्षकी लालमुन खातुन र १ वर्षकी छोरी रोशन खातुनलाई हत्या गरेको छानबिनका क्रममा पाइएको दावी गरिएको छ । घटना विवरणअनुसार मंसिर १८ गते हेटौंडा–१९ मा १ वर्षकी बालिका र २५ वर्षीय १ महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या पति रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

मृतक खातुनबाट फेला परेको मोबाइल र डायरीबाट घटनाको विवरण सार्वजनिक भएको र सोही मोबाइलबाट मृतकका पिता मोतिहारी आधापुरथाना वडा नम्बर ६ बस्ने आरिक मियाँको छोरा ४० वर्षीय अलियर मियाँले शव सनाखत गरी लगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्