किन दायर गर्याे बूढीगंगा गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा

<span class='c1'>किन दायर गर्याे बूढीगंगा गाउँपालिका</span> <span class='c2'>विरुद्ध मोरङ व्यापार संघले मुद्दा</span>

विराटनगर, ४ पुस ।   मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएको उल्लेख गर्दै गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा दायर गरेको छ । संघले सोमवार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको हो । ‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटकपटक कानून नै नबनाई दोहोरो पाराले कर दस्तुर लिनु नेपालको संविधानविपरीत रहेको’ संघको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सरकारअन्तर्गत बूढीगंगा गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका उद्योगहरूमा यस आर्थिक वर्षदेखि लागू हुने गरी विभिन्न शीर्षकमा अत्यधिक रूपले छुट्टै व्यवसाय कर लगाएको संघले जिकिर गरेको छ । गाउँपालिकाले ठूला उद्योगलाई ५ लाख, मझौला उद्योगलाई  ३ लाख र साना उद्योगलाई १ लाख कर कायम गरेको छ । साथै, घरजग्गा कर (उद्योग भवन) समेतको कर लगाएको छ । विभिन्न समयमा गरेको मौखिक तथा अन्य अनुरोधलाई गाउँपालिकाले बेवास्ता गरेपछि बाध्य भएर कानूनी प्रक्रियामा जानुपरेको संघका अध्यक्ष पवनकुमार सारडाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्