बिराटनगरमा जब डाक्टर प्रहरीको उपचार गर्न प्रहरी कार्यालय पुगे …

<span class='c1'>बिराटनगरमा जब डाक्टर प्रहरीको उपचार</span> <span class='c2'>गर्न प्रहरी कार्यालय पुगे …</span>

मोरङ, पौष ०४ गते ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङले बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा कार्यरत स्त्री रोग बिशेषज्ञ डाक्टर प्रज्मी श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कार्यालय सहयोगी मनिता पौडेलको स्वास्थ्य परीक्षण गरी उद्घाटन भएको उक्त “बृहत स्वास्थ्य शिविर” जिल्ला प्रहरी कार्यालय मोरङ, रामलालजी गोल्छा धापीदेवी च्यारिटी ट्रष्ट तथा नोवेल मेडिलक कलेज शिक्षण अस्पताल विराटनगरको संयुक्त आयोजनामा संचालन गरिएको हो ।

शिविरमा स्त्री रोग, जेनरल मेडिसिन, हाडजोर्नी तथा नशा, बालरोग, आँखा, नाक, कान, घाँटी, दन्त रोग, मानसिक रोग लगायतका रोगहरूको चेकजाँचको लागि बिशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको थियो । उक्त शिविरमा भिडियो एक्स रे, ल्याव टेष्टहरूको समेत प्रबन्ध मिलाईएको थियो भने स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधीहरू समेत नि:शुल्क रूपमा बितरण गरिएको थियो । 


शिविर संचालनमा नोवेल मेडिलक कलेज बिराटनगरले २६ जना दक्ष डाक्टरहरु उपलब्ध गराएको थियो । आज मंगलवार बिहान १० बजे देखी बेलुका ५ बजे सम्म जिल्ला प्रहरी कार्यालय मोरङको हाता भित्र संचालन भएको उक्त नि:शुल्क स्वास्थ्य शिविरबाट मोरङ जिल्लामा कार्यरत प्रहरी कर्मचारी तथा प्रहरीका आश्रित परिवारहरु गरी ४१७ जना लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्