झापामा पनि अटो सिटि रिक्साको कारण ट्राफिक व्यवस्थापनमा चुनौती

<span class='c1'>झापामा पनि अटो सिटि रिक्साको</span> <span class='c2'>कारण ट्राफिक व्यवस्थापनमा चुनौती</span>

रविन भट्टराई

झापा, पुस ४ । व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बढ्न थालेसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र अव्यवस्थित रुपमा चल्ने सवारीका कारण दुर्घटनाको जोखिम पनि बढेको छ ।

पछिल्लो समय झापामा अटो रिक्सा ठूलो संख्यामा भित्रिरहेका छन् । सडकको क्षमता कमजोर हुँदा मुख्य बजार र राजमार्गमा ट्राफिक ब्यवस्थापनमा चुनौती देखिन थालेको छ ।

सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रुपमा जभाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्साहरु बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे ट्राफिक प्रहरीको भनाइ छ ।

अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतना नभएकाले व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई बताउँछन् ।

ट्राफिक प्रहरीले दुर्घटना घटाउन जनचेतनामूलक कार्यक्रम गरे पनि त्यसले प्रभाव पारेको देखिँदैन । अर्कोतिर अधिकांश अटोचालकले लाइसेन्स बिना नै अटो चलाइरहेका छन् । अनपढहरुलाई लाइसेन्सको लिखित परीक्षा पास गर्नै समस्या देखिएको हुँदा यसको व्यवस्थापनका लागि सरकारले चासो दिनुपर्ने प्रहरीको भनाइ छ ।

अहिलेसम्म दर्ता भएका अटोको संख्या ६ हजारभन्दा बढीे नाघिसकेको छ ।

यता, यातायात व्यवस्था कार्यालय, बिर्तामोडका निमित्त कार्यालय प्रमुख मनोज यादव आयात भएका अटो दर्ता गर्नैपर्ने व्यवस्था भएकाले यसको नियन्त्रणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउँछन् ।

बढ्दै गएको सडक दुर्घटनाको जोखिम न्युनीकरणमा सवारीको संख्या कटौती गर्नुभन्दा पहिले त्यसको चुस्त व्यवस्थापन गर्न पनि आवश्यक छ । (इमेज)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्