विराटनगर पुष ६ ।
विराटनगरको नोबेल मेडिकल कलेजमा एउटा अनौठो बच्चाको जन्म भएको छ ।
४० वर्षीय भारतीय नागरिक इफ्रात बानुले आँखा र नाक नभएको अनौठो बच्चा (छोरा) जन्माएकी हुन् । बानुले छैटौं सन्तानको रुपमा जन्म दिएकी उक्त बच्चाको केही समयमै मृत्यु भएको छ ।
चिकित्सकहरुका अनुसार यस्ता अनौठा प्रकृतिका बच्चाहरु सँसारमा हजारौँ वा लाखौंमा एउटाको जन्म हुने गरेको छ । यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरिन्छ । चिकित्सकहरु यस्तो समस्या साइकोपेम्नि भन्ने टोक्सिङले गर्दा भएको बताउँछन् ।दुर्भाग्यवश ती बच्चाको जन्मिएको केही समयमा नै मृत्यु भएको छ ।