वर्डक्याम्प विराटनगरकाे रजिस्ट्रेशन बन्द, तिन सय बढि इच्छुक सहभागीले पाएनन् टिकट

<span class='c1'>वर्डक्याम्प विराटनगरकाे रजिस्ट्रेशन बन्द, तिन सय</span> <span class='c2'>बढि इच्छुक सहभागीले पाएनन् टिकट</span>

बिराटनगर पुष ६ , विराटनगरमा पहिलो पटक अायाेजना हुन लागेकाे अन्तराष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन 'वर्डक्याम्प विराटनगर' काे सहभागीताका लागि रजिष्ट्रेसन बन्द गरिएकाे अायाेजक समितिले जानकारी गराएकाे छ । अायाेजक समितिले अाफ्नाे वेबसाइटमा एक सूचना सार्वजनिक गर्दै उक्त जानकारी गराएकाे हाे ।

'उल्लेख्य सहयाेग र उत्साहका लागि धन्यवाद, वर्ड क्याम्प विराटनगर २०१८ काे रजिस्ट्रेसन अाधिकारीक रुपमा बन्द गरिएकाे छ ।' अायाेजक समितिले सूचनामा लेखेकाे छ । कार्यक्रमका लागि ताेकिएकाे ३५० जना सहभागीता पुर्ण भएकाे अायाेजक समितिका संयाेजक शाण्डिल्य काफ्लेले बताए । उनले भने, 'सहभागी, वक्ता र अायाेजक गरि ४०० भन्दा बढिकाे वर्डक्याम्पमा सहभागीता रहनेछ ।'

रजिष्ट्रेशन बन्द भएता पनि ३०० भन्दा बढि प्रविधि प्रेमिहरुलाइ कार्यक्रममा सहभागी गराउन नसकिएकाे अायाेजक समितिका सुजित झाले बताए ।

भाेली पुस ७ गते शनिवार विराटनगरकाे हाेटल एशियाटिकमा हुने वर्डक्याम्पमा सहभागीताका लागि देखिएकाे उत्साहले यस क्षेत्रमा प्रविधिकाे संभावना उल्लेख्य मात्रामा रहेकाे सराेज कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्