एभरेष्ट प्रिमियर लिगको फाइनल आज : भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स भिड्दै

<span class='c1'>एभरेष्ट प्रिमियर लिगको फाइनल आज :</span> <span class='c2'>भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स भिड्दै</span>

काठमाडौं पुष ७ । राजधानीमा जारी तेस्रो संकरणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको फाइनल खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई फ्रेन्चाईज क्लब - भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स भिड्दै छन् ।

दुई टोलीबीचको खेल १२:३० मा सुरु हुनेछ । साबिकको उपविजेता समेत रहेको भैरहवा नेपाली राष्ट्रिय टोलीका सदस्य शरद भेषावकरको कप्तानीमा र ललितपुर नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा छ ।

संयोग, दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराएर उपाधि नजिक पुगेका हुन् । त्यसैले दुवै टोली फाइनलका लागि प्रतिस्पर्धा गर्दा पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

यस संस्करणको लिग चरणमा तेस्रो स्थानमा रहदै भैरहवाले प्ले अफमा स्थान बनाएको थियो । त्यसपछि इलिमिनेटरमा भैरहवाले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।क्वालिफायरमा भैरहवाले काठमाडौंलाई स्तब्ध बनाएको थियो ।

यता, ललितपुर भने लिग चरणमा शीर्ष स्थानमा रहदै सिधै पहिलो क्वालिफायरमा पुगेको थियो । र, ललितपुरले काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो । ललितपुरले लिग चरणमा भैरहवालाई ६ विकेटले हराएको थियो ।

भैरहवा भने ललितपुरविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिने दाउमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्