विराट ट्रेड एक्स्पो : ६० रुपैयाँको टिकट मै अन्तर्राष्ट्रियस्तरको मेला भ्रमण

<span class='c1'>विराट ट्रेड एक्स्पो : ६० रुपैयाँको</span> <span class='c2'>टिकट मै अन्तर्राष्ट्रियस्तरको मेला भ्रमण</span>

विराटनगर पुष ७ ।

मोरङ व्यापार संघको आयोजनामा शुक्रबारदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०१८ सुरु भएको छ ।

प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस ६ देखि १४ गतेसम्म मेला लाग्ने छ ।

मेलामा नेपालका २०८ र भारत, पाकिस्तान र बङ्गलादेशका ४२ गरी २५० वटा स्टल छन् । दैनिक उपभोग्य सामग्री, मेशिनरी पार्टपुर्जा, गाडी, तयार पोशाक, छालाका सामान, हस्तकला वस्तु, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने छ ।

मेलामा प्रवेश गर्न कर सहित ६० रुपैयाको टिकट काटेर मेलाको मज्जा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्