भारतबाट नेपाली रुपैयाँ २४ लाख ल्याउँदै गरेका दुई भारतीय नागरिक विराटनगरबाट पक्राउ

<span class='c1'>भारतबाट नेपाली रुपैयाँ २४ लाख ल्याउँदै</span> <span class='c2'>गरेका दुई भारतीय नागरिक विराटनगरबाट पक्राउ</span>

 विराटनगर, ८ पुस । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेको बीआर३८एच ६१४२ नम्बरको कार चेकजाचका क्रममा डिकीभित्र लुकाएर राखेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित भारत बिहार अररिया जिल्ला फारबिसगञ्ज-९ का २८ वर्षीय सनोजकुमार साह र फारबिसगञ्ज १६ की ५० वर्षीय सुशीलादेवी गुप्तालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । बरामद रकम गुप्ताको हो ।

पक्राउ परेकी गुप्ता व्यवसायीक हुण्डी करोवारी हुन् । उनले लामो समयदेखि विराटनगरका व्यपारीसँग मिलेर हुण्डी कारोवार गर्ने गरेको पाइएको प्रहरी स्रोतको दावी छ ।प्रारम्भिक अनुसन्धानका क्रममा हुण्डीका लागि भारतबाट ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । बरामद रकमसहित दुबै जनालाई थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यलय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्