विराट एक्स्पो विवाद : रमपमको प्रचारका लागि क्वालिटीलाई हटाईएको खुलासा

<span class='c1'>विराट एक्स्पो विवाद : रमपमको</span> <span class='c2'>प्रचारका लागि क्वालिटीलाई हटाईएको खुलासा</span>

विराटनगर, १० पुस ।
मोरङ ब्यापार संघले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको ब्यापार मेलामा देखिएको विवाद थप सतहमा आएको छ । सोमबार मात्र क्वालिटी थाईफुड्सले आयोजकको दादागिरी भन्दै स्टल छाडेपछि तरंग आएको थियो । यस बारेमा केही नबोलेको आयोजकले आज भने मुख खोलेको छ । आयोजक संस्था मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले अहिलेको ब्यापार मेला आफु अनुकुलको लाईनमा भएको बताएका छन् । उनले आवर बिराटनगरसँग संक्षिप्त प्रतिक्रिया दिँदैभने, ‘मेला आयोजनाको मुख्य पोडक्ट रमपम भएकाले अरुलाई रोक लगाईएको हो ।’ अन्य चाउचाउहरुको प्रोमोशन कमै भएको अबस्थामा रमपम नै मुख्य प्रायोजक भएकोले नदिईएको खुलासा गरे । यसरी रोक लगाउनुको कारण सिस्टम अनुसार नै भएको उनको दाबी छ ।

हेलिकप्टरमा आयोजकको वेवास्ता
हेपलकप्टर ल्याउने बिषयमा भने आयोजकले दर्शकलाई वेवास्ता गरेको पाईएको छ । मेलामा दर्शकलाई लोभ्याउनको लागि हेलिकप्टर ल्याउने भन्दै प्रचार गरेको आयोजकले मेलाको पाँचौ दिनसम्म पनि हेलिकप्टर ल्याउन नसकेको हो । उपाध्यक्ष मुन्दडाले हेलिकप्टरमा १–२ सय मात्र उड्ने तर मेलामा लाखौले अबलोकन गर्ने भएकोले हेलिकप्टर नआउँदा पनि खासै असर नपर्ने बताए ।
उनले त्यसलाई प्राथमिकतामा राख्नु भन्दा पनि मेलामा लाखौँ घुमाउने योजना रहेको सुनाए । उनले यी सबैकुरालाई नकारात्मक भन्दा पनि सकारात्मक दिनु पर्ने बताएका छन् । २ सय ४० स्टलमा करोेडौ रुपैयाँ खर्च भएकोले उनीहरुको एउटै उदेश्य बजार प्रवद्र्धन गर्ने रहेको उपाध्यक्ष मुण्दडाको भनाई छ । मेलामा उत्साहजनक सहभागीता रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्