पढ्न गएकी विराटनगरकी किशोरी १५ दिनपछि भारतमा विरामी अवस्थामा भेटिईन्

<span class='c1'>पढ्न गएकी विराटनगरकी किशोरी १५</span> <span class='c2'>दिनपछि भारतमा विरामी अवस्थामा भेटिईन्</span>

प्रेम देवान/ओवी
विराटनगर, १३ पुस । घरबाट स्कुल पढ्न भनेर गएकी विराटनगरकी एक छात्रा भारतको लक्ष्मीपुरामा विरामी अवस्थामा भेटिएकी छिन् । विराटनगरको एक बिद्यालयमा अध्यनरत एक छात्रा १५ दिनसम्म सम्पर्क विहीन भएकी थिईन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया ति किशोरी गत मंसिर २० गतेदेखि परिवारको सम्पर्क बाहिर थिईन् । विराटनगर घर भएकी ति किशोरी २० गते विहान कोचिङ पढ्न घरबाट निस्कीएकी थिईन् । पढ्न निस्किएकी उनलाई बाटैबाट श्रीराम स्कुलमा कार्यरत गाडीका चालक विनोद यादवले जवरजस्ती अपहरण शैलीमा स्कुल पोसाक मै गाडीमा हालेर भारत लगेको उनको परिवारले बताएका छन् । ति किशोरी उक्त दिन मलायरोडबाट जोगवनी–विराटनगरमा चल्ने सार्वजनिक बसमा चढेर स्कुल तर्फ गएकी थिईन् । बसबाट ओर्लन साथ विनोदले जवरजस्ती स्कुल जानुपर्दैन भन्दै टेम्पोमा विराटनगर जाउँभन्दै कर गरेर लगेको ति किशोरीले बताएकी छिन् ।
किशोरीलाई यस्तो गरिएको थियो
विहानै जाडो मौसमका कारण सडकमा बाक्लो हुस्सु लागेको थियो । ‘म स्कुल जान्छु भन्दा पनि मलाई विनोदले जवरजस्ती टेम्पोमा बस्न लगायो’, ‘यदि जाँदिनस् भने म यही रोडमा ट्रक मुनी कुल्चिएर मरिदिन्छु, अनि तेरो सबै परिवारलाई फँसाईदिन्छु, मसँग गईनस् भने तेरो परिवारलाई गायव बनाईदिन्छु’, जस्ता धम्की दिएर टेम्पोमा जबरजस्ती हालेर बसपार्क तर्फ लग्यो । बसपार्कमा पु¥याएर मलाई पानी पिउन लगायो । मैले अलिकति पानी खाएपछि बसमा चढायो मलाई त्यसपछि के भयो केही थाहा छैन । म एकैचोटी नवलपुर भन्ने बोर्ड देखेँ अलि अलि याद छ । मलाई कहाँ लग्यो केही थाहा छैन, एकैचोटी सर्लाही मलङ्गवा श्रीपुर विनोदको दिदि पर्नेको घरमा पुर्यायो ।
परिवारमा पिर
यता २० गतेदेखी हराएकी छोरीलाई उनका परिवार , प्रहरी तथा स्कुलले २ हप्तादेखी निरन्तर खोजी जारी राखेको थियो । धेरै दिनसम्म छोरी सम्पर्कमा नआएपछि आमा यता छोरीको पिरले विरामी नै परेकी थिईन् । तर पुस ५ गते विहीबार बेलुकी अचानक नचिनेको नम्बरबाट किशोरीको आमाको मोवाईल नम्बरमा फोन आयो। भनियो, ‘तपाईको छोरी भारतमा विरामी अवस्थामा छिन छिटो लिन आउनुपर्यो ।’ तत्काल किशोरीकी आमा सहित गाउँका केही ब्यक्ति राती १० बजे विराटनगरबाट सोही ठाउँ तर्फ लागे ।
ति किशोरीले भारतबाटै एक जना महिलाको सहयोगमा आफ्ना परिवारसँग सम्पर्कको लागि पहल गर्न आग्रह गरेपछि उनका परिवार खोज्दै भारतको लक्ष्मीपुरा गएको उनको परिवार बताउँछन् । भारतको लक्ष्मीपुरा पुगेको टोलीले ति किशारीलाई नेपाल ल्याएको हो । विनोदले सोल्टीनी पर्नेको घरमा लुकाई राखेको अवस्थामा किशोरीलाई भेटेका थिए, परिवार भन्छन्, अपहरण गरेर लगेको रहेछ, हामी गएको थाहा पाउने बितिकै विनोद फरार भएछ ।’
किशोरी विरामी अवस्थामा
१५ दिनपछि भेएिकी किशोरी विरामी आवस्थामा थिईन् । उनलाई विराटनगर ल्याइयो । बोल्न नै नसक्ने अवस्थामा पुगेकी किशोरी एक रात अस्पताल राखेपछि मात्र होसमा आएकी थिईन् । अहिले पनि उनी स्कुल जान सक्ने अबस्थामा छैनन् । केही दिन आराम गरेपछि मात्र स्कुल पठाउने परिवारले जनाएको छ । यसैपाली एसईई दिनुपर्ने भएकाले घरमै बसेर अहिले उनी अध्ययन गरिरहेकी छिन् ।
विनोद विरुद्ध जवरजस्ती करणीको मुद्धा
कोचिङ जान्छु भन्दै बाटैबाट अपहरण शैलीमा भगाएर किशोरीलाई भारत पुर्याउने विनोद यादव विरुद्ध जवरजस्ती करणीको मुद्धा परेको छ । विनोदले स्कुल जाँदै गरेकी किशोरीलाई भगाएर भारत पुर्याई जवरजस्ती करणी गरेको किशोरीका परिवारले ईलाका प्रहरी कार्यलयमा उजुरी दिएका छन् । ंईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादुर. रानाका अनुसार किशोरीका परिवारले भारतबाट खोजेर ल्याएका हुन् । विनोद यादवले किशोरीको ईच्छा विपरित जवरजस्ती भगाएर लगेको उनले बताए । ‘किशोरीको वयानलाइ हेर्दा विनोदले भारतमा पुर्याएर जवरजस्ती करणी गरेको हुन सक्ने देखिन्छ, उनले भने, ‘तर अहिले यसै भन्नसक्ने अबस्था छैन, मेडिकल जाँचको रिर्पोट आएपछि मात्र यस विषयमा थप अन्य कुरा भन्न सकिन्छ ।’ प्रहरीले विनोद यादवको खोजी जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्