विराटनगरको सीमावर्ती नाका जोगवनीमा अन्तराष्टिय विद्यापति महोत्सव

<span class='c1'>विराटनगरको सीमावर्ती नाका जोगवनीमा</span> <span class='c2'>अन्तराष्टिय विद्यापति महोत्सव</span>

विराटनगर, १५ पुस ।
विराटनगरको सिमावर्ती बजार जोगबनीमा अन्तराष्ट्रिय विद्यापति महोत्सव आयोजना गरिएको छ ।
जोगबनीस्थित मिथिला विकास समाजले आयोजना गरेको कार्यक्रममा नेपाल तथा भारत दुवैदेशका राजनितिज्ञ,साहित्यकार,कलाकार,गायक लगायत सहभागि भएका छन । मैथिली भाषाका प्राचिन कवि विद्यापतिलाई मैथिली भाषीले सम्मानपुर्वक कविकोकिलको उपमा दिने गरेका छन । कार्यक्रममा कविकोकिलको जीवनी र उहांले रचना गर्नुभएका विभिन्न लोकगीत प्रदर्शन गरिएको मिथिला विकास समाजका अध्यक्ष बरुण मिश्राले जानकारी दिए । यस्तै नेपाल तथा भारत दुवैतर्फका विभिन्न स्कुलका विद्यार्थीले सांस्कृतिक नृत्य र गीत समेत प्रस्तुत गरेका थिए । सो अवसरमा मकालु टेलिभिजनका बरिष्ठ सम्बाददाता नवीन कर्ण र भारत बिहारको इ टीभि च्यानलका सम्बाददाता सतिशकुमारलाई सम्मान गरिएको थियो ।
नेकपाका नेता एवम पुर्वमन्त्री शिवकुमार मण्डलले  सम्मानपत्र,फुलमाला र खादासहित सम्मान गरे । कार्यक्रमले नेपाल भारत बीचको सम्बन्धलाई थप सुमधुर बनाउने आयोजक संस्थाले जनाएको छ । बिहार सरकारका क्याबिनेट मन्त्री विनोदनारायण झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रदेश १ सभा सदस्य जयराम यादव र चुमनारायण तवदार सहित विभिन्न पार्टी आबद्ध राजनितिज्ञहरुको सहभागिता थियो । (मकालु टेलिभिजन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्