विराटनगरमा विद्युतकाे भित्रियो नयाँ प्रबिधि, कार्यालयमै बसेर उद्योगको मिटर रिडिङ

<span class='c1'>विराटनगरमा विद्युतकाे भित्रियो नयाँ प्रबिधि, </span> <span class='c2'>कार्यालयमै बसेर उद्योगको मिटर रिडिङ</span>

विराटनगर, १५ पुस ।
विराटनगरमा रहेको बिद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई यतिबेला उद्योगहरुमा मास्टर सिम राख्न भ्याई नभ्याई छ । प्रदेश १ मा पहिलो पटक विराटनगरका उद्योगमा मास्टर सिम लगाउने काम शुरु भएको हो । दोहोरो डिभाईसको माध्यामबाट उद्योगमा बिद्युत प्रवाह तथा त्यहाँको अबस्थाको बारेमा कार्यालयमा नै बसेर रिडिङ गर्न सकिने गरी प्रबिधि भित्र्याईएको हो ।
यसै हप्ताबाट मास्टर सिम जडान शुरु भएको बिराटनगरमा अबको एक हप्ता भित्रमा सबै उद्योगमा जडान पछि नेपाल बिद्युत प्राधिकरणको बिराटनगर वितरण केन्द्रबाट सिधै उद्योगको मिटर रिडिङ गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राजिव कुमार सिंहले यसै हप्ता देखि २०० केभि भन्दा बढी बिद्युत खपत गर्ने उद्योग लक्षित यो अभियान शुरु हुने र सबै उद्योगमा यही प्रबिधि जडान हुने जानकारी दिए । उनले पहिलो चरणमा २०० केभिए भन्दा कम बिद्युत प्रवाह हुने उद्योेगमा पनि लगतै काम शुरु हुने सबै उद्योगमा यो मास्टर सिम जडान हुने प्रमुख सिंहले बताए ।
नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय आयोजना अन्तरगतको स्मार्ट मिटर रिडिङ परियोजना सिम र सफ्वेयरको सहयोगमा कार्यालयबाट नै काम गर्न सकिन्छ । प्रमुख सिंहका अनुसार ‘यो एउटा एप्स जस्तै हुने र कुनै पनि उद्योगमा समस्या देखिए त्यहाँको समस्या ईन्जिनियर, कार्यालय प्रमुख, क्षेत्र र केन्द्रमा समेत म्यासेज जान्छ । देखिएको समस्या समाधान नगर्दासम्म त्यसले संकेत गरिरहन्छ ।’ पहिलो चरणमा करिब ५ सय डिभाईस कार्यालयमा आई सकेको छ । अहिले यो जडानको काम धमाधम भईरहेको प्रमुख सिंहले बताए ।
विद्युत मिटरमा समस्या छैन
नेपाल बिद्युत प्राधिकरणसँग आम नागरिकको सँधै हुने गुनासो भनेको पटक पटक खबर गर्दा पनि प्राबिधिक आएन, बिजुलीको मिटर पाईएन, समयमा काम भएन भन्ने नै हो । तर पछिल्लो २ महिनामा यसमा केही सुधार देखिएको छ । आम नागरिकका समस्याको बारेमा सिधै कार्यालय प्रमुखलाई फोन गर्ने सुबिधा सहितको नम्बर मुल गेटमा नै टाँसिएको छ । यसले अब सम्बन्धित कार्यालयका कर्मचारीले अटेर गरे कार्यालय प्रमुखलाई सिधै गुनासो गर्न पाईएपछि नागरिकको काम चाँडो हुने आशा गरिएको छ ।
भर्खरै सरुवा भएर आएका कार्यालय प्रमुख सिंहले आफु आउने बितिकै बिद्युतको मिटर वितरणलाई समेत सहज बनाएको जनाएका छन् । उनले अहिलेसम्म कसैले विजुलीको मिटर नपाएको गुनासो नगरेको बताए । फर्म भरेपछि ३ महिना पछि मात्र मिटर उपलब्ध गराउने विद्युत प्राधिकरणमा एक्कासी फर्म भर्ने बितिकै नागरिकले कसरी मिटर पाए त भन्ने बिषय अहिले चासोको बिषय बनेको छ । यस अघि आम सर्बसाधारणले फर्म भरेको ३ महिना पछि मात्र मिटर पाउँदै आएका थिए ।
पछिल्ला दिनमा कार्यालयमा सरसफाईमा पनि सुधार आएको छ । मुल गेटको अबस्थामा मात्र हैन कार्यालय भित्रको सरसफाईको अबस्थामा पनि सुधार आएको हो । कार्यालय प्रमुखको कार्यकक्ष नै धुलोले भनिएको हुन्थ्यो अहिले बाहिर पनि चिटिक्क पारेर सिँगारिएको छ । शुरुमा आएको केही महिनाको लागि मात्र चुरीखुरी हो या यसले निरन्तरता पाउने हो त्यो पछिल्ला दिनहरुले बताउला तर अहिले शुरुका दिनहरुमा केही सकारात्मक छनक देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्