महिला साफ च्याम्पियनसिपकाे तयारी, मैदान तयारीका लागि महानगर र एन्फा बीच सम्झौता

<span class='c1'>महिला साफ च्याम्पियनसिपकाे तयारी, मैदान तयारीका</span> <span class='c2'>लागि महानगर र एन्फा बीच सम्झौता</span>

विराटनगर, १५ पुस। पाँचौ महिला साफ च्याम्पियनपसिप फुटबल प्रतियोगिता सञ्चालन गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फा बीच सम्झौता भएको छ । फागुन २८ गतेदेखि चैत ८ गते सम्म सञ्चालन हुने पाचौं महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता सञ्चालनका लागि रंगसाला मर्मतसहित आवश्यक संरचना तयार गर्न महानगर र एन्फा बीच सम्झौता भएको हो । आइतबार भएको सम्झौता पत्रमा महानगर प्रमुख भीम पराजुली र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रतियोगिता सञ्चालनकालागि महानगरपालिकाले निर्माणधीन खेलाडी चेञ्जिङ रुम रंगरोगन गर्नेछ । महानगरपालिकाले रंगशाला सम्म पुग्ने सडक, पार्किङको व्यवस्थापनसँगसँगै मैदानको मर्मत सम्हारका लागि सहयोग गर्नेछ ।  महानगरपालिकाले चेञ्जिङ रुम, रेफ्री रुम, म्याच कमिस्नर रुम, खेलाडी रिफ्रेस रुम, मेडिकल रुमलगायतका पूर्वाधारमा आवश्यक विद्युत, पानी र फर्मिचरको व्यवस्थापन गर्ने छ । प्रतियोगिताका लागि आवश्यक संरचना महानगरले फागुन १२ गते नै सम्पन्न गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्