पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ घट्यो , यस्तो छ नयाँ मूल्य ..

<span class='c1'>पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ घट्यो</span> <span class='c2'>, यस्तो छ नयाँ मूल्य ..</span>

काठमाडौं पुष १९ । नेपाल आयल निगमले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ प्रतिलिटर २ रूपैयाँका दरले घटाउने निर्णय गरेकाे छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनबाहेक ती तीनथरी पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय भएकाे हाे । स्वचालित मूल्य प्रणालीद्वारा भाउ घटाइ समायोजन गरिएको उनले बताए ।

निगमका अनुसार अब पेट्रोलकाे भाउ लिटरकाे ११० बाट १०८ रूपैयाँ तथा डिजेल र मट्टीतेल ९७ बाट लिटरको ९५ रूपैयाँ कायम भएकाे छ । पछल्लाे १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण फर्मुलाबमोजिम पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाउने निर्णय गरिएको गाेइतले जानकारी दिए ।

निगमका अनुसार नयाँ मूल्य समायोजनपछि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोल १० रूपैयाँ ४१ पैसा तथा डिजेल र मट्टीतेलमा लिटरकाे १२ रूपैयाँ ३८ पैसा सस्तो भएकाे छ । चालु आर्थिक वर्षको केही महिना अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च भएका कारण निगमलाई अत्यधिक घाटा भई पछिल्लो १५ दिनको नाफासमेत मिलाउँदा अझै करिब २ अर्ब ३७ करोड रूपैयाँबराबरकाे घाटा पूर्ति हुन बाँकी रहेको प्रवक्ता गाेइतले बताए ।

नयाँ मूल्यअनुसार साविकको भाउमा प्रतिलिटर २ घटाई समायोजन गरेपछि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा अझै प्रतिसिलिन्डर ८० रूपैयाँ ६९ पैसा घाटा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्