विराटनगरमा माघ १४ देखि निरज ब्ल्याकको ‘एकरात’ मन्चन हुने

विराटनगरमा  माघ १४ देखि निरज ब्ल्याकको ‘एकरात’  मन्चन हुने

विराटनगर, १९ पुस । विराटनगरमा रहेको आरोहण गुरुकुलमा ‘एकरात’ मन्चन हुने भएको छ । इन्द्र परियारको निर्देशन र युवा गायक प्रवलदीप विश्वसकोे संगीत रहेको उक्त नाटक आउँदो माघ १४ देखी १८ गतेसम्म मन्चन हुने भएको हो ।
नेपाल साँस्कृतिक संघ मोरङको आयोजनामा हुने ‘एकरात’ नाटकको मुख्य कलाकारमा निरज ब्ल्याकको भूमिका रहेको छ । पछिल्लो समय कलाकारिता क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल भएका निरज थुप्रै नाटक तथा सानो पर्दाको चलचित्रहरूमा अभियन गरेका छन् ।
आयोजक नेपाल साँँस्कृतिक संघ मोरङले नाटकबारे बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरि पाँच दिनसम्म गुरुकुलमा मन्चन हुने जनाएको हो । उक्त नाटकमा संगीता यादव, सुनिता घिमिरे, विकास पराजुली, राजेश ठाकुर, अंकिता विश्वास, अंशु अशेष गिरी लगायतले अभिनय गरेको नेपाल साँस्कृतिक संघका अध्यक्ष राजु थापाले बताए ।यस अघि पनि एकरात नाटक आरोहण गुरुकुलमा मन्चन भएको थियो । एक सातासम्म मन्चन भएको नाटक दर्शकले अत्याधिक रुचाएको कारण पुन मन्चन गर्ने तयारी गरेको कलाकार निरज ब्ल्याकले बताए ।
‘दोस्रो पटक मन्चन हुने नाटकले फेरी दर्शक रुचाउने विश्वास लिएको छु,’ उनले भने, ‘यस नाटकको कथा र हाम्रो अभिनय गर्ने प्रस्तुती राम्रो भएको दर्शकले मन पराउनछेन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्