विराटनगरमा सुरु भयो प्रदेश स्तरीय सुविसु क्यान इन्फोटेक मेला

<span class='c1'>विराटनगरमा सुरु भयो प्रदेश स्तरीय</span> <span class='c2'>सुविसु क्यान इन्फोटेक मेला</span>

विराटनगर १८ पुस । विराटनगरको जैन भवनमा बिहीबारदेखि प्रदेश स्तरीय सुविसु क्यान इन्फोटेक मेला सुरु भएको छ । मेलाको प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । प्रदेशको सुचना तथा संचारमन्त्री समेत रहनु भएकाले उहाले विश्व नै सुचना तथा प्रविधि मैत्री बनिरहेको अवस्थामा एक नम्बर प्रदेश पनि त्यसै दिसातर्फ अघि बढेको बताउनुभयो । प्रदेशको शान्ति सुरक्षा देखि शैक्षिक क्षेत्रसम्मलाइ सुचना प्रविधि युक्त बनाइने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो । एक नम्बर प्रदेशलाइ आवश्यक पर्ने सुरक्षा जनशक्ति अभाव रहेको बताउँदै उहाले थप जनशक्ति थप्ने अवस्था नरहेकाले प्रदेशको सुरक्षा व्यवस्थालाई प्रविधिसंग जोडेर प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । २३ गते सम्म संचालन हुने क्यान इन्फोटेकमा २ लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । उक्त न्यफोटेकमा १ सय १० स्टल राखिएको छ । क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने छ । इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्