भारतीय हास्यकलाकारको टोलीले विराटनगरका दर्शक हँसाउने

भारतीय हास्यकलाकारको टोलीले विराटनगरका दर्शक हँसाउने

विराटनगर, २० पुस ।
विराटनगरमा भारतीय हाँस्य कलाकारको उपस्थितीमा बिशेष कार्यक्रम हुने भएको छ । विराटनगर राउण्ड टेवल १५ को आयोजनामा भारतका प्रख्यात हास्यकलाकार सहितको टोलीले बिराटनगरका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएको हो । बिराटनगरको होटल नमस्कारमा पुस २१ गते शनिवार हुने कार्यक्रममा भारतीय कलाकारहरु सुनिल पाल, सुरेन्द्र शर्मा र एहसान खुरेसी सहितले टोली आउने आयोजक राउण्ड टेबलका विनोद अग्रवालले आवर बिराटनगरलाई जानकारी दिए । उनका अनुसार कार्यक्रमले दर्शकलाई मनोरञ्जनसँगै कार्यक्रमबाट उठेको रकम विद्यालयको विकासमा लगाईने छ । भारतीय कलाकार आउने भएपछि नमस्कार होटलका तयारी तिब्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्