पूर्वी तराईमा आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दाे, जिरोटिल प्रविधिमा कृषकको आकर्षण

<span class='c1'>पूर्वी तराईमा आधुनिक कृषि प्रविधिको प्रयोग</span> <span class='c2'>बढ्दाे, जिरोटिल प्रविधिमा कृषकको आकर्षण</span>

सुनसरी, २२ पुस । सुनसरी लगायत जिल्लाका किसान कृषि प्रविधिको प्रयोगमा आकर्षित भएका छन् । कम जनशक्तिमा धेरै काम तथा उत्पादन हुने भएपछि पूर्वी तराईका जिल्लामा आधुनिक कृषि प्रविधिको प्रयोग बढेको छ । ४ वर्ष अघिदेखि परीक्षणको रूपमा शुरू गरिएको जिरोटिल ( जमीनको खनजोत विना गरिने कृषि) प्रविधि पूर्वी तराईमा लोकप्रिय बन्दै गएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहराका माटो वैज्ञानिक शुक्रराज श्रेष्ठले बताए । उक्त प्रविधि हिउँदेबालीका लागि सफल भएपछि यसको प्रयोग बढेको उनको भनाइ छ । ‘जिरोटिल प्रविधि हिउँदे बालीहरू मकै, गहुँ र राजमा खेतीका लागि पूर्णरूपमा सफल भएको छ,’ उनले भने । पछिल्लो समय कृषिक्षेत्रमा जनशक्ति घटेपछि यो प्रविधि प्रयोगमा ल्याइएको श्रेष्ठले बताए । हिउँदेबालीमा सफल भएपछि धानबालीमा पनि यसको परीक्षण शुरू गरिएको उनले जानकारी दिए ।

उक्त कृषि पद्धति सफल भएपछि किसानहरू उत्साहित बनेको केन्द्रका प्रमुख टीकाराम चापागाईंले बताए । यो प्रविधिको प्रयोगका लागि केन्द्रले प्राविधिक तालीम दिन थालेको छ । केही दिनअघि केन्द्रले दिएको तालीममा विभिन्न जिल्लाका १७ कृषक सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्