विराटनगरमा होटलको नाम समेत नराखि यौन ‘धन्दा’, दुई किशोरीको उद्धार, सञ्चालक पक्राउ

<span class='c1'>विराटनगरमा होटलको नाम समेत नराखि यौन</span> <span class='c2'>‘धन्दा’, दुई किशोरीको उद्धार, सञ्चालक पक्राउ</span>

विराटनगर । विराटनगर–१३ मलाया रोडमा केही दिनअघि मात्रै सञ्चालनमा आएको एउटा होटलमा प्रहरीले बिहीबार छापा मार्दा दुई किशोरीको उद्धार गरेको छ । नाम नै नखुलेको होटलमा किशोरीलाई राखेर भारतबाट आउने ग्राहकसँग अवैध यौनधन्दा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले होटल सञ्चालकलाई पक्राउ समेत गरिसकेको छ ।

बाहिरबाट सामान्य होटलजस्तो देखिए पनि भित्र किशोरीलाई राखेर अवैध गतिविधि सञ्चालन भइरहेको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोईरालाको नेतृत्वमा प्रहरीले विशेष अपरेसन चलाएको थियो। घटनाबारेको गोप्य सूचना मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई म्यासेजमार्फत प्राप्त भएको थियो। उक्त सूचना पाएपछि प्रजिअ कट्टेलले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कविता कटुवाललाई आवश्यक कारबाहीका लागि निर्देशन दिएका थिए।

निर्देशनलगत्तै एसपी कटुवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको नेतृत्वमा प्रहरी टोली होटलमा पुगेको थियो। टोलीले होटलबाट दुई किशोरीको उद्धार गर्नुका साथै सञ्चालकलाई नियन्त्रणमा लिएको हो। उद्धार गरिएका दुवै किशोरी र पक्राउ परेका होटल सञ्चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार सीमावर्ती क्षेत्र नजिक रहेको उक्त होटलमा मदिराको कारोबारसमेत हुने गरेको थियो। भारतबाट आउने व्यक्तिहरू होटलमा आउने र मदिरा सेवनपछि किशोरीहरुलाई प्रयोग गरी अवैध गतिविधि सञ्चालन हुने गरेको स्थानीयको दाबी छ । प्रहरी स्रोतका अनुसार,उक्त घरबाट केही समय अगाडी गाँजा समेत बरामद गरिएको थियो । प्रहरीले भने उक्त होटलमा कसरी र कति समयदेखि यस्तो गतिविधि सञ्चालन भइरहेको थियो, किशोरीहरूलाई कसले त्यहाँ पुर्याए र यसमा अन्य व्यक्तिको समेत संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्