भरतपुर, २२ पुस । नेपालमा घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एक मात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ ।
‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ नामको सो केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ वटा घोडा छन् ।
प्रत्येक घोडाका आआफ्नै नाम छन् भने आफ्नै इतिहास छ । विदेशबाट ल्याइएका घोडाको राहदानीसमेत छ । उनीहरूको तीनपुस्ते विवरण, जन्ममिति, बेलाबखत लगाइएका खोपलगायतको विवरणसमेत राखिएको छ ।
यहाँ उत्पादन गरिने घोडामा ब्रिडिङ गराउँदा नै हाडनाताको समेत ख्याल गर्ने गरिएको छ । एउटा घोडाको ‘ब्रिड’ अर्को घोडासँग उत्पादनका लागि मेल गराउँदा उसको बीउ ९ब्रिड० को प्रोफाइल हेर्ने गरिएको हो ।
जसका कारण उनीहरूको हाडनाताभित्रको बीउ घोडा उत्पादनमा प्रयोग हुँदैन । उत्पादन केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालिरहेका नेपाली सेनाका प्राविधिक सेनानी डा। एमपी शाहले प्रत्येक घोडाको हाडनाताको सम्बन्ध छुट्याइएको र एकै हाडनाताभित्र पर्ने घोडाको ब्रिडको प्रोफाइल हेरेर उत्पादनमा प्रयोग गर्ने गरिएको जनाए ।