अस्ट्रेलियामा ७१ वर्षपछि भारतले टेष्ट शृङ्खला जित्यो

<span class='c1'>अस्ट्रेलियामा ७१ वर्षपछि भारतले</span> <span class='c2'>टेष्ट शृङ्खला जित्यो</span>

काठमाडौं पुष २४।

अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला भारतले जितेको छ । चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध पार्दै बराबरीमा सकिएपछि भारतले २–१ ले शृङ्खला जितेको हो ।अस्ट्रेलियन भूमीमा भारतले टेष्ट शृङ्खला जितेको यो ७१ बर्षपछि पहिलो पटक हो ।

सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खला जित्न भारतका चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निर्णायक रह्यो ।

शृङ्खलाको पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा १ सय ३७ रनले विजयी हुँदै भारतले घरेलु टोली अष्ट्रेलियालाई दबाबमा राखेको थियो ।

चौथो टेष्ट बर्षाले बिथोलिएसँगै भारतले शृङ्खला कब्जा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्