मोरङका पाँच जना अपाङ्ग परिवारमा हातेमालोको सहयोग

<span class='c1'>मोरङका पाँच जना अपाङ्ग</span> <span class='c2'>परिवारमा हातेमालोको सहयोग</span>

विराटनगर, २४ पुस ।
नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आर्थिक अबस्था कमजोर भएका अपाङ बालबालिकालाई सहयोग गरको छ । हातेमालोको इजरायल समन्वय समितिबाट मोरङ जिल्ला रतुवामाइ नगर पालिका वडा नं. ८ निवासी तुलसीराम ढुङ्गाना र सिर्जना ढुङ्गानाका ५ जना अपाङ्ग छोरा छोरीलाई सहयोग गरेको हो । उनीहरुलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरिएको संस्थाका आजिवन सदस्य हिक्मतबहादुर बस्नेतले बताए । उनीहरुलाई अहिले जाडोको समयमा नभई नहुने लत्ता कपडा तथा उनीहरुको परिवारको लागि खाद्यान्न बितरण गरिएको थियो । संस्थाका सदस्य पुणर्बहादुर थापाले धेरै सहयोग गर्न नसकेपनि थोरै भएपनि उनीहरुको घरमा नै पुगेर संस्थाले पुण्यको कम शुरु गरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्