माेरङका खाेलामा अबैध उत्खनन्, उत्खनन रोक्न माग गर्दै स्थानीयको प्रदर्शन

<span class='c1'>माेरङका खाेलामा अबैध उत्खनन्, उत्खनन रोक्न</span> <span class='c2'>माग गर्दै  स्थानीयको प्रदर्शन</span>

विराटनगर, २५ पुस ।
मोरङको कानेपोखरीस्थित चिसाङ खोलाबाट मापदण्ड विपरीतको अवैध ढुंगा गिटी उत्खनन रोक्न माग गर्दै स्थानियले प्रदर्शन गरेका छन । अवैध ढंगले चिसाङ खोलाबाट ढुंगा गिट्टी र बालुवा निकालिएको भन्दै कानेपोखरी ५ र बेलबारी ८ का स्थानीयले पूर्व पश्चिम राजमार्गको कानेपोखरीमा प्रर्दशन गरेका हुन् ।
मोरङ क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद सूयर्माराज राईकै अगुवाईमा राजमार्ग अवरुद्ध गर्दै प्रर्दशन गरिएको हो । सडकमा कोणसभा गर्दै उनीहरुले जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, प्रमुख, एसपी तथा डिआइजीको मिलेमतोमा ढुंगा गिट्टी तस्करी भएको दाबी गरेका छन् । कोणसभामा बोल्नुहुंदै १ नम्बर प्रदेशसभा कांग्रेसका सचेतक समेत रहेका सांसद राईले तस्करसँगको मिलेमतोमा प्राकृतिक सम्पत्तीको दोहन भएको दाबी गरे ।
जनजागृति सामुदायिक वनका सदस्य तीर्थ कार्कीले अवैध उत्खनन तत्काल रोक्नुपर्ने माग गरे । उनले मिलेमतोमा हुने अवैध उत्खनन नरोके स्थानियले आन्दोलनका कडा कार्यक्रम ल्याउन चेतावनी दिए । मकालु टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्