निर्वाचनको सुरक्षा तयारी पुरा

<span class='c1'>निर्वाचनको सुरक्षा</span> <span class='c2'>तयारी पुरा</span>

आगामी मंसिर ४ गते हुन लागेको सविधान सभा चुनावको सुरक्षा व्यावस्था मोरङमा सम्पुर्ण तयारी भईसकेको जिल्ला प्रशासनले जनाएको  छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङमा सुरक्षा प्रवधन मिलाई सकेको जनाएको हो । मोरङ जिल्लाको ९ वटै क्षेत्रमा रहेको छ सय एकत्तर मतदान केन्द्रमा ४ हजार ६ सय पन्चानब्बे कर्मचारी खटाईएको प्रमुख जिल्ला अधिकारी गणेस राज कार्कीले जानकारी दिनुभयो । उहांले मोरङलाई संवेदनसिलको   रुपमा हेरिएका कारण ६ हजार भन्दा बढी सरक्षाकर्मी खटाईएको बताउनु भयो । नेपाल प्रहरी , सशस्त्र प्रहरी, र नेपाली सेनाको सुरक्षाकर्मीहरुलाई तैनाथ परिचालन गरिने जानकारी दिनु भयो । यूवा अभियान  र मुस्लिम वृद्धीजिवि विराटनगरको आयोजना विराटनगरमा रहेका मुस्लिम सामुदायकाहरुलाई आज एक दिने मतदाता शिक्षा सम्बन्धी तालिम दिएको छ । आउदै गरेको दोस्रो संविधान सभाको निर्वाचनमा कसरी मत हाल्ने विषयमा मुस्लिम सामुदायका मानिसहरुलाई तालिम दिएको थियो  । मुस्लिम सामुदायका
मानिसहरुलाई युवा अभियानका स्वयमसेवकहरुले सहजिकारण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्