बस र कार ठोक्किदा २ जना गम्भीर घाईते

<span class='c1'>बस र कार ठोक्किदा</span> <span class='c2'>२ जना गम्भीर घाईते</span>

झापा, २७ पुस। झापाको कमल गाउँपालिका-४ ज्योतीचोकमा भएको सवारी दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । आज बिहान  पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे १ च १६८१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार कार चालक ईलामको फाकफोकथुम गाउँपालिका-१ का २३ बर्षीय अमृत खड्गा र सोही कारमा सवार पाँचथरका भिम बहादुर बुढाथाकी गम्भीर घाईते भएका हुन् । घाईतेहरुलाई उपचारको लागि तत्काल लाईफ लाईन अस्पताल दमक लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर ल्याईएकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले  जनाएको छ । दुर्घटना भएका कार, बस र बस चालक ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्