झण्डै दुई किलो सुनसहित ६ जनालाई सिरहाबाट पक्राउ

<span class='c1'>झण्डै दुई किलो सुनसहित ६</span> <span class='c2'>जनालाई  सिरहाबाट पक्राउ</span>

सिरहा, २८ पुस । सशस्त्र प्रहरी बलको टोलीले झण्डै दुई किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्रामसुनसहित छ जनालाई पक्राउ परेका हुन् । काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपका चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा वेल्ट बरामद भएको छ ।मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वषिर्य कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । गाडीमा सवार मोहमद हकिम, मोहमद रहमान र सप्तरीको खड्क नगरपालिका ३ का मोहमद अफ्रोजलाई पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट साढे ३४ हजार पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्