बाली विज्ञान संचालन गर्न महायज्ञ गरिने

<span class='c1'>बाली विज्ञान संचालन</span> <span class='c2'>गर्न महायज्ञ गरिने</span>

पाँचथर, ३ माघ  । स्वरोजगार मूलक कृषि अन्र्तगत बाली बिज्ञान सहित कक्षा ११ र १२ संचालनर्थ पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ स्थित जोरसालमा रहेको सुखबोध माविमा महायज्ञ तथा धार्मिक महोत्सव संचालन हुने भएको छ ।  महायज्ञ मूल समारोह समितीले  बिहिवार फिदिममा पत्रकार सम्मेलनको आयोजन गरी आगामी माघ २२ गतेदेखि एक हप्ता महायज्ञ संचालन गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलमा बोल्दै विद्यालयका प्रअ पुष्प प्रसाद भण्डारीले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न एवम प्राविधिक धारतर्फ स्वरोजगार मूलक कृषि बाली विज्ञान सहितको कक्षा ११ र १२ संचालन तथा विद्यालयको भौतिक स्तरोन्नति गर्ने उद्धेश्यले महायज्ञ संचालन गर्न लागिएको बताए  । यस महायज्ञ बाट एक करोड रकम संकलन गर्ने अपेक्षा रहेको मूल समारोह समिती पाँचथरका अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टंकप्रसाद श्रेष्ठले बतए ।

महापुराणलाई सहयोग गरिदिन जिल्लावासी,तथा तथा देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण महानुभावहरुलाई सहयोग गरिदिन उनले आग्रह गरे। पूराणलाई सफल बनाउन विभिन्न उपसमितीहरु समेत गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्