ईलाममा अनसनरत डा. केसीलाई सेनाको हेलिकप्टरबाट रातारात काठमाडाैँ लगियाे

<span class='c1'>ईलाममा अनसनरत डा. केसीलाई सेनाको</span> <span class='c2'>हेलिकप्टरबाट रातारात काठमाडाैँ लगियाे</span>

ईलाम, ४ माघ । स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे काठमाडौं लगिएकाे छ। उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ। सुरूमा डा. केसी आइसियुमा भर्ना हुन राजी थिएनन्। उनी पहिले आफू अनसन बसेको ठाउँमै जान चाहन्थे। तर, उनको गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा लगायतले आग्रह गरेपछि उनी आइसियुमा बस्न राजी भए।

नौ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएकाे केसी समूहका सदस्य डा. अभिषेक सिंहले जानकारी दिए। 'इलामबाट भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो,' उनले  भने, 'उहाँलाई टिचिङ अस्पतालको आइसियुमा भर्ना गरिएको छ।'

डा. केसीलाई भद्रपुरबाट करिब २ बजे सेनाको हेलिकप्टरमा उडाइएको थियो। उनलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स विमानस्थलमा डाकिएको  थियाे । डा. केसीलाई समर्थन गर्न र उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार इलाम पुगेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र डाक्टर सिंहको पहलमा उनलाई काठमाडौं लगिएकाे हो।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले बुधबार केसीको स्वास्थ्यमा गम्भीर समस्या भएकाले इलाममा राखिराख्नु खतरापूर्ण हुने सुझाव दिएका थिए।'पहिले त गोविन्द सर काठमाडौँ आउनै मान्नुभएको थिएन, तर हामी सबैले सम्झाएपछि केही बोल्नुभएन। अनि सेनाको हेलिकप्टर मगाएर लिएर आयौं,' सिंहले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्