नेवार समुदायको १९ प्रकारका परिकार विराटनगरमा प्रदर्शनी, परिकार चाखे मन्त्री र मेयरले

<span class='c1'>नेवार समुदायको १९ प्रकारका परिकार विराटनगरमा</span> <span class='c2'>प्रदर्शनी, परिकार चाखे मन्त्री र मेयरले</span>

प्रेम देवान, ओबि ।
विराटनगर ४ माघ । विराटनगर महानगरपालिका भित्र बसोबास गर्ने नेवार समुदायले परम्परा झल्कने नेवारी परिकारको प्रदर्शन गरेका छन् । विराटनगर १० झी पुचःको भवन परिसरमा शुक्रबार नेवारी समुदायले १९ प्रकारका नेवारी परिकारको प्रदर्शन गरेका हुन् । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो सस्कृती जोगाउने उदेश्यले आयोजना गरिनु सकारात्मक भइको भन्दै उच्च प्रशंसा गरे । यस्ता खालका कार्यक्रमले अन्य समुदायमा पनि सकारात्मक सन्देश जाने उल्लेख गरे ।कार्यक्रममा विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले भावी पुस्ताले पनि यस्ता कार्यक्रमबाट धेरै सिक्दै जाने अवसर प्राप्त गर्ने बताए । नेवारी समुदायको परम्परागत नेवारी सँस्कृतीको हराउँदै गएका कारण भावी पुस्तामा जगेर्नाको चुनौती रहेको बताए ।
पराम्परागत नेवारीको भोजबारे अहिलेका पुस्तालाई थाहा हुन छाडेपछि आफ्नो सस्कृतीलाई जोगाई राख्न यस्ता कार्यक्रम आयोजना गरिएको झी पुचः विराटनगरकी संजु शाक्यले जानकारी दिईन् । कार्यक्रममा नेवारी समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो । परिकार प्रदर्शनीमा नेवारी समुदायको परम्परागत १९ प्रकारका नेवारी परिकारको प्रदर्शनसँगै पाहुनालाई खुवाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्