सर्लाहीमा आगलागीबाट करिब १८ लाखको क्षति

सर्लाहीमा आगलागीबाट करिब १८ लाखको क्षति

सर्लाही ।

सर्लाहीमा आगलागीबाट करिब १८ लाखको क्षति भएको छ । जिल्लाको बलारा नगरपालिका–८ गडहियामा शनिबार राती आगलागीमा परी ६ घर जलेर नष्ट भएका हुन्।

स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट हुँदा १८ लाख भन्दा बढी क्षति भएको बताइएको छ ।

आगलगीबाट करीब रु १८ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर रु १० लाख बराबरको क्षति भएको छ । किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करीब रु तीन लाख बराबरको क्षति भएको छ । सलिम लहेरीको फुसको घर पूर्ण रुपमा जलेर दुई लाख ७५ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै मन्जुर लहेरीको घरको छानो जली करीब एक लाख बराबरको क्षति भएको छ । जाजुल लहेरीको पाँच बाख्रा र घरमा आंशिक क्षति पुगेर करीब रु ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्णरूपमा जल्दा रु एक लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्