आजबाट स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत शुरु

आजबाट स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत शुरु

सरोज आचार्य

साँखु (काठमाडौँ), माघ ७ गते । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको सालीनदीमा स्नानसाथ हुने स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत सोमवारदेखि सुरु हँुँदैछ ।

व्रतालु, भक्तजन र आगन्तुकको सुरक्षा तथा यातायात बजार व्यवस्थापनको कार्य शङ्खरापुर नगरपालिकाबाट भइरहेको छ ।
नगरपालिकाका अनुसार सार्वजनिक यातायातले तोकिएभन्दा बढी रकम लिन नपाउने व्यवस्था गरिएको छ । बिगतदेखि नै स्वास्थानी व्रतका अवसरमा बढी सवारी भाडा असुल्ने गरेको गुनासा आएपछि यो पटक नगरपालिकाले कडाइ गरेको हो ।

नगरप्रमुख सूवर्ण श्रेष्ठका अनुसार यातायातमा सुलभ व्यवस्थाका साथै व्रतालुले स्नान गर्ने कुण्ड बनाइ सकिएको छ । सालीनदीमा आवतजावत गर्न खोला किनारमा खुड्किला बनाइएको छ ।
श्रीमाधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका महासचिव लक्ष्मीप्रसाद(एलपी) श्रेष्ठ) का अनुसार गुठी संस्थानले यस पटक भक्तजनलाई खीर र पाटने पालुङ्गोको साग भोजन गराउन पाँचलाख रुपियाँ निकासा गरेको छ ।

व्रतका लागि शङ्ख बजाउने सातजना पुरुष र साँवा तथा देवता बोक्ने नाइकेलाई आइतवार भोज खुवाइएको छ ।
आइतबारसम्म करिव तीनसय महिला व्रतमा सहभागी हुने अनुमान गरिएको छ । गतवर्ष यसै हाराहारीमा व्रतालु सहभागी थिए । साँखु पुग्न नसक्नेले माघ ३० गतेका दिन पशुपति आर्यघाट र ३१ गते सिफल, सानो गौचरन, हनुमानढोका, टेकू हँुँदै फर्पिङ्तर्फको माधवनारायण यात्रामा नारायणको दर्शन गर्न सक्नेछन् ।

पशुपति आर्यघाटमा माधवनारायण ल्याउँदा पशुपति गुठी गोश्वारा र जयवागेश्वरी ल्याउँदा अमालकोट कचहरी कार्यालयले सेवा सुविधा पु¥याउने व्यवस्था गरिएको अमालकोटका अष्टमान सङ्गतले जानकारी दिनुभयो ।
पाउपोष छुन र नुन खानै नहुने यो एक महिने व्रत कठिन व्रतका रूपमा लिइन्छ । भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको एक महिने व्रतको तयारी भएको छ । हनुमानघाट भजन मण्डलका बालमुकुन्द ढुङ्गेल (कटुञ्जे)का अनुसार वीरा, भद्रा र तमासा नदीको त्रिवेणी रहेकोले यहाँको व्रतलाई सालीनदीको व्रत जत्तिकै महत्व दिइन्छ ।

पुजारी गोपाल शर्माको पहलमा यहाँ स्नान कुण्ड बनाइएको छ । २५ जना व्रतका लागि तयारी अवस्थामा रहनुभएको छ । पशुपतिको गौरीघाटमा पनि आवश्यक व्यवस्थापन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसैगरी, समरजङ्ग कम्पनी प्रखुम प्रकाशचन्द्र पन्तका अनुसार सोमबार चाँगुनारायणको मूर्तिलाई भोलि जमलमा ल्याउने कार्यक्रम छ । काठमाडौँबासीलाई आफ्नै शहरमा दर्शन गराउन चाँगुनारायण यहाँ ल्याउने गरिएको पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्