ग्याँस वाईल्डिङको ड्रम पड्किएर लक्ष्मीमार्गमा बराईलीकोे मृत्यु

<span class='c1'>ग्याँस वाईल्डिङको ड्रम पड्किएर</span> <span class='c2'>लक्ष्मीमार्गमा बराईलीकोे मृत्यु</span>

विराटनगर ८ माघ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान मंगलबार साढे आठ बजेको समयमा लक्ष्मी मार्गमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका ३७ को मनिष बराईलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीलाई आजै विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको लागी ल्याईएको थियो । बराईलीको आज विहान १० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्