खोटाङ कि शान्ति राई जसले ८६ दिन एक्लै यात्रा गरिन्

<span class='c1'>खोटाङ कि शान्ति राई जसले</span> <span class='c2'>८६ दिन एक्लै यात्रा गरिन्</span>

खाेटाङ, ११ माघ । नेपाल घुम्ने त्यसमा पनि एक्लै महिला? यो प्रश्न केही समय पहिलेको नेपाली समाजको हो। पछिल्लो समय नेपाली चेलीहरु एक्लै नेपालका हिमाल र पहाड चहार्ने गरेका छन्। एउटा पदयात्रामा जानेहरुको संख्या धेरै छ।तर खोटाङ कि शान्ति राईले नेपालका विभिन्न गन्तव्यमा ८६ दिन एक्लै यात्रा गरेकी छन्। मोटरसाइकल र हवाइजहाज प्रयोग नगरी सगरमाथाक्षेत्रदेखि जनकपुर रारादेखि खप्तडसम्मको यात्रा गरेकी छन्।

यात्रा लिंग वा समुदायको पेवा होइन एटिच्युड हो भन्ने नारासहित सुरु भएको सोलो वमन ट्राभल च्यालेन्जको चौथो संस्करणबाट उनले यो यात्रा गरेकी हुन्।नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली ट्राभलरले आयोजना गरेको उक्त ट्राभल च्यालेन्जमा १८ वर्ष माथिका १३ जना महिलाले सहभागिता जनाएका थिए।

गएको असोज २९ गते शुरु भएको यो यात्रामा सबैभन्दा धेरै यात्रा गर्ने राई पहिलो भएकी हुन्।राईले पहिलो यात्रा दोलखाको जिरीबाट सगरमाथा क्षेत्रको यात्रा गरिन्। त्यो क्षेत्रमा उनले २१ दिनमा यात्रा पुरा गरिन्। त्यहाँबाट उनी सिधै तराईमा पुगिन्। सिराहको लहान हुँद्रै विभिन्न गाउँको यात्रा गरेको उनले बताईन्।

‘त्यसक्रममा मैले होटलको प्रयोग प्राय कतै पनि गरिन् अधिकांस समय होमस्टेमै यात्रा सकाए’ उनले भभिनन्।

पूर्वी तराईबाट उनी सिधै सुदूर तराई महेन्द्रनगर पुगिन्। त्याँबाट डोटी, बाजुरा, बाझाङ हुँदै रारा पगिन्। जुम्ला हुँदै डोल्पाको शेफोक्सुन्डो पुगिन्। त्यहाँबाट नेपालगंज, पोखरा, तानसेन हुँदै लुम्बिनी पुगेर ८६ दिनको यात्रा पुरा गरेको उनले जानकारी दिइन्।

यात्राकै क्रमममा विभिन्न कठिनाइ आएपनि यसबाट आफूमा आत्मविश्वास बढेको उनको अनुभव छ। ‘यात्रा अघि र पछि मभित्र ठूलो परिवर्तन आएको छ, पहिले मलाई चुनौतिसँग डर लाग्थ्यो, निर्णय लिंदा शंकोच हुन्थ्यो तर अहिले मभित्र आत्मविश्वास पलाएको छ’ उनले भनिन्। देश हेर्न, भोग्न पाउनु सबैभन्दा ठूलो सफलता भएको र यसका अघि सानातिना समस्या सबै हराएर गएको उनले बताइन्।‘यात्रामा आएका समस्या जसरी आए त्यसैगरी गए तर मैले त्यहाँबाट देखेको भोगेको सिकेको कुराहरु मेरो जिवनकालमा रहिरहनेछन्’ उनले भनिन्। सेताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्