विराटनगरको सुप्रिम होटलका विद्यार्थीले बनाए यस्ता परिकार

<span class='c1'>विराटनगरको सुप्रिम होटलका विद्यार्थीले</span> <span class='c2'>बनाए यस्ता परिकार</span>

विराटनगर, ११ माघ । विराटनगर १२ मा सुप्रिम होटल स्कुलका चौथो व्याचका विद्यार्थीहरुले आफू पढेका ज्ञान र सिपलाई अभ्यासमा उतारेका छन् । भर्ना भएको ६ महिनापछि शुक्रबार विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास अन्र्तगत ‘पाककला प्रदर्शन’ गरेका हुन् ।

१८ महिने होटल म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको सुप्रिमले स्कुलमा अध्ययनरत विद्यार्थीहरुको हरेक कोर्ष अन्र्तगत ‘पाककला’ प्रदर्शन गर्ने गरेको छ । चौथो व्याचका विद्यार्थीहरुले आफैले बनाएका परिकार निर्माण गरी विद्यार्थीका अविभावक, शिक्षक र आगन्तुक पाहुनाहरुलाई खुवाएका थिए ।
विद्यार्थीहरुको १८ महिने कोर्ष अन्तरगत छ महिना पाठ्यक्रममा आधारित प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको स्कुलका एकेडेमिक डाइरेक्टर पुष्पराज पडालले जानकारी दिए । स्कुलले एक बर्ष ‘इन्टर्न’कालागि नेपाल, भारत, चाईना, थाईल्याण्ड, दुवई र मलेसिया जस्ता देशहरुमा पठाउँदै आएको स्कुलका डाइरेक्टर पडालले बताए । यसैविच सुप्रिम एकुलले शुक्रबार ५ जना विद्यार्थीहरुलाई भारतमा पढाईसंगसगै रोजगारीको लागि पठाएको जनाएको छ ।
रोजगार मुलक अध्ययन भएकाले विद्यार्थीहरुको आर्कषण पनि पढदै गएको उनको भनाई छ । एसएलसी र एसईई डी र इ ग्रेटमा पास गरेका विद्यार्थीहरुले पनि यो विषय स्वतः अध्ययन गर्न सक्ने कलेजले जनाएको छ ।
रोजगार मुलक अध्ययन भएकाले विद्यार्थीहरुको आर्कषण पनि पढदै गएको उनको भनाई छ । एसएलसी र एसईई डी र इ ग्रेटमा पास गरेका विद्यार्थीहरुले पनि यो विषय स्वत अध्ययन गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्