माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा कामदारकाे लडेर मृत्यु

<span class='c1'>माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा</span> <span class='c2'>कामदारकाे  लडेर मृत्यु</span>

तेह्रथुम, १२ माघ । माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो ।

शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ रेफर गरिएको थियो ।

उपचारकालागि लैजाँदै गर्दा दिउँसो करिब साढे दुई बजे बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजनामा निर्माण कम्पनी धौलागिरी कन्स्ट्रक्सन, खड्का कृष्ण जेभीमा चौधरीसहित करिब सयजना कामदार कार्यरत छन् । कञ्चनपुरका मात्रै झण्डै ३० जना कामदार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्