आजदेखि मौसममा क्रमिक सुधार , सबैभन्दा गर्मी बिराटनगरमा

<span class='c1'>आजदेखि मौसममा क्रमिक सुधार</span> <span class='c2'>, सबैभन्दा गर्मी बिराटनगरमा</span>

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना औंल्याएको हो ।

पश्चिमी वायुको प्रभावले गत मङ्गबारदेखि शुरु भएको वर्षा आजबाट क्रमिक सुधार हुँदै जाने मौसमविद् विभूति पोखरेलले बताइन् । उनका अनुसार दिउँसो देशभरिको मौसम सामान्यतयाः सफा रहनेछ । पहाडी भू–भागमा भने आंशिक बदलीको सम्भावना रहेको बताइएको छ ।

भोलि देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतयाः सफा रहनेछ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्ला विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ र अधिकतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी अधिकतम तापक्रम विराटनगरको २६ डिग्री सेल्सियस रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्