केभिएममा स्पोर्ट्स मिट शुरू

<span class='c1'>केभिएममा स्पोर्ट्स</span> <span class='c2'>मिट शुरू</span>

विराटनगर, १३ माघ । विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले रजत जयन्ती पारेर केभिएम स्पोर्ट्स मिट आइतबारदेखि शुरु गरेको छ । आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि स्पोर्टस् मिट शुरु भएको हो। स्पोर्ट्स मिटमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरु माझ तह गत विभिन्न खेल प्रतियोगिता खेलाइने विद्यालयका पिन्सिपल धिजनबाबु काफ्लेले जानकारी दिए ।

विजेतालाई मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने निर्देशक राजेशकुमार दासले बताए ।
आज भएको खेलहरुमा सिनियरमा सय मिटर दौड तर्फ छात्रमा मनिस पौडेल प्रथम, छात्रामा एलिसा यादव प्रथम, साना खान दोस्रो र प्रेरणा साह तेस्रो भए । त्यस्तै दुईसय मिटर दौडमा छात्रातर्फ अनन्या सिंह प्रथम, नितु यादव दोस्रो र निधि यादव तेस्रो भए । जुनियर तर्फ सयमिटरमा छात्रा दिपिका सापकोटा प्रथम, कुमकुम दास दोस्रो र अनन्या राज साह तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्