धरान बीपीमा आकस्मिक कक्षको विस्तार सुचारु

<span class='c1'>धरान बीपीमा आकस्मिक</span> <span class='c2'>कक्षको विस्तार सुचारु</span>

धरान, १४ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक कक्षको विस्तार पुनः सुचारु भएको छ । प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध उजुरी परेपछि छानबिनको कारण देखाउँदै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ६ महिनाअघि थप निर्माण रोकेका थिए । आकस्मिक कक्ष विस्तारको कार्यक्रम तथा बजेट प्रतिष्ठानको कार्यकारिणी समिति र सिनेट बैठकले पारित गरिसकेको छ ।

मन्त्री यादवकै निर्देशनमा पुनः विस्तारको काम सुचारु भएको हो । हाल ठेकेदार कम्पनीले निर्माण अघि बढाएको आकस्मिक विभागका प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए । प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीको बढ्दो चापले उपचार सेवा नै प्रभावित हुने गरेको छ । ‘अहिले आकस्मिक कक्षको क्षमता बढीमा ६५ जना बिरामीको मात्र हो,’ उनले भने, ‘तर यहाँ दैनिक १ सय २० को हाराहारीमा बिरामी आउँछन् ।’

आकस्मिक कक्षमा बिरामी बढ्दै गएकाले भुइँमा राखेर समेत उपचार गराउनुपर्ने अवस्था छ । ‘एचआईभी संक्रमित, क्षयरोग लागेका बिरामीलाई अलग्गै कोठा आवश्यक हुन्छ,’ मल्लले भने, ‘तर पूर्वाधार अभावले सेवा दिन समस्या भइरहेको छ ।’ उनका अनुसार आकस्मिक कक्ष ४० शैøया क्षमतामा विस्तार गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्