धनकुटामा स्कुले विद्यार्थीलाई दुनाटपरी बनाउने अभ्यास सुरु

<span class='c1'>धनकुटामा स्कुले विद्यार्थीलाई दुनाटपरी</span> <span class='c2'>बनाउने अभ्यास सुरु</span>

धनकुटा, १४ माघ।  धनकुटामा स्कुले विद्यार्थीलाई दुनाटपरी बनाउने अभ्यास सुरु गरिएको छ । हराउँदै गएको दुनाटपरी बुनाई सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धनकुटा–७ मा रहेको हाम्रो बहुमुखी पाठशालाले यो अभियान सञ्चालन गरेको हो । अभियानमा धनकुटा नगरका ९ वटा विद्यालयका तीस भन्दा बढी विद्यार्थीलार्ई दुनाटपरी बुनाई तालिम प्रदान गरिएको छ ।

धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिममा प्रशिक्षकका रुपमा धनकुटा–७ की ८४ वर्षिया लक्ष्मीदेवी श्रेष्ठ र शारदा श्रेष्ठ रहेका छन् । अन्तरपुस्ता सीप हस्तान्तरण अभियानअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिरहेको पाठशालाले अहिले ज्येष्ठ अभिभावहरुबाट धेरै ज्ञान सीप सिक्न सकिने भन्दै यो अभियान थालेको जनाएको छ । प्लास्टिकका सामानको बढ्दो प्रयोग न्यूनीकरण गर्न बालबालिकालक्षित दुना टपरी निर्माणसम्बन्धी तालिम आयोजना गरिएको हाम्रो पाठशालाका संयोजक सरोज भुजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्