तराई जोड्ने यस्तो छ छोटो मार्ग , कम दूरीमा झापाको बिर्तामोड पुग्न सकिने

<span class='c1'>तराई जोड्ने यस्तो छ छोटो मार्ग ,</span> <span class='c2'>कम दूरीमा झापाको बिर्तामोड पुग्न सकिने</span>

विप्लव भट्टराई

इलाम — मेची राजमार्गभन्दा आधा कम दूरीमा झापाको बिर्तामोड पुग्न सकिने छोटो दूरीको मार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ । तराई झर्न फास्ट ट्रयाकका रूपमा लिइएको यो सडक इलाम नगरपालिकाको भञ्ज्याङबाट सोयाकसम्मको सडक खुलेसँगै झापासम्म सवारीका साधन आउजाउ गर्न थालेका छन् ।

भञ्ज्याँदेखि सोयाकसम्मको १० किलोमिटर सडक खुलेपछि तराई तथा जिल्लाका दक्षिणी र पश्चिमी गाउँसम्मको यात्रा पनि छोटिएको छ । मेची राजमार्ग भएर बिर्तामोड पुग्न ८३ किलोमिटर पार गर्नुपर्छ । नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै पुग्न सकिने भएको छ । नयाँ खुलेको १० किलोमिटर कच्ची छ । बाँकी सोयकदेखि झापाको खुदुनावारीसम्म ग्राभेल सडक छ । उन्नती समावेशी बृद्धि कार्यक्रमअन्तर्गत पश्चिमी गाउँ जोड्ने सडक भर्खरै ग्राभेल भएको हो । बेलासेबाट सोयाक, सिद्धिथुम्का, जितपुर हुँदै गाग्रेभञ्ज्याङसम्मको २८ किलोमिटर सडक स्तरोन्नतिपछि त्यस क्षेत्रबाट साना तथा ठूला सवारी साधन तराई झर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्