बिराटनगरमा पनि ट्रिपर आतंक : ट्रिपरले साइकललाइ ठक्कर दियो , चालक नियनत्रणमा

<span class='c1'>बिराटनगरमा पनि ट्रिपर आतंक : ट्रिपरले</span> <span class='c2'>साइकललाइ ठक्कर दियो , चालक नियनत्रणमा</span>

बिराटनगर माघ १५ , 

विराटनगर-१४ जतुवामा ट्रिपरको ठक्करबाट साईकलमा सवार एक किशोरी घाइते भएकी छन् । बिहान साढे ११ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना १ क ६२७१ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको साईकलयात्री विराटनगर महानगरपालिका-१५ बस्ने बर्ष १८ की अनिता कुमारी शाहलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते किशोरीलाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीको नियनत्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

सोमबार मात्रै बिराटचोकमा एक बालिकाको ट्रिपरको ठक्करबाट ज्यान गएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्