धरानमा थ्रीस्टार लेभलको होटल सञ्चालनकाे तयारीमा

<span class='c1'>धरानमा   थ्रीस्टार</span> <span class='c2'>लेभलको होटल सञ्चालनकाे तयारीमा</span>

धरान, १६ माघ । धरान–८ स्थित भोटेपुलमा थ्रीस्टार लेभलको होटल सञ्चालनमा आउने भएको छ । धरानका युवा व्यवसायी गोपाल आचार्यले यही माघ २५ गतेदेखि होटल गजुर प्यालेस सञ्चालनमा ल्याउन लागेका हुन् । उनले करीब ८ करोड ४५ लाखको लगानीमा होटल सञ्चालनमा ल्याउन लागेको बताए ।

धरानमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढ्दै गएको छ । धरान आउने पर्यटकहरूका लागि सुविधा सम्पन्न होटलहरू नहुँदा पर्यटक धरान आसपासका शहरहरूमा बस्न थालेपछि धरानका व्यवसायीले सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउन थालेका हुन् ।

व्यवस्थित अन्डरग्राउन्ड पार्किङसहित सञ्चालनमा आउन लागेको होटलमा किङस्वीट रूम, स्वीट रूम, प्रिमियम डिलक्स रूम, एक्सक्ल्युसिव डिलक्स रूम, सुपेरियर डिलक्स रूम र टुइन डिलक्स रूम रहेका छन् । कोठाको स्तरअनुसार न्यूनतम ४ हजार ९ सयदेखि अधिकतम १९ हजार ९ सयसम्म मूल्य तोकिएको छ ।

होटल गजुर प्यालेसमा सेमिनारका लागि २ सय जनासम्म अट्ने हल, ४ सय जनासम्म अट्ने पार्टी प्यालेस, भीआईपीका लागि आकर्षक लन्चबारसमेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्