बनेको तीन महिना पछि संचालनमा आयो विराटनगरमा बसपार्क, संचालन कार्यविधि बनेन

<span class='c1'>बनेको तीन महिना पछि संचालनमा आयो</span> <span class='c2'>विराटनगरमा बसपार्क, संचालन कार्यविधि बनेन</span>

विराटनगर, १६ माघ । विराटनगरमा निर्माण पुरा भएको झण्डै ३ महिना पछि बस टर्मिनल बसपार्क संचालनमा आएको छ । विराटनगर महानगरपालिका वडा नम्वर ११ मा निर्माण गरिएको बस टर्मिनल संचालनमा आएको हो । बुधवार एक कार्यक्रम बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस टर्मिनलको उद्घाटन गरेका हुन् ।

बस टर्मिनलको उद्घाटन गर्दै मुख्यमंत्री शेरधन राईले भौतिक पूर्वाधार निर्माण गर्ने भन्दा पनि त्यसको सही सदुपयोग नै अहिलेको चुनौतीको रुपमा रहेको बताए । उनले निर्माण भएको भौतिक संरचनाको सही सदुपयोग गर्ने चुनौती र जिम्मेवारी बढी भएको भन्दै यसको संरक्षणमा लाग्ने दायित्व सबैको भएको बताए । मुख्यमन्त्री राईले धेरै संरचनाहरु उचित ढंगले संचालन हुन नसक्दा जिर्ण बन्दै गएकोमा चिन्ता ब्यक्त गरे । उनले सरोकारवालाहरुको सहयोग र समन्वयमा निजी क्षेत्रलाई संचालन गर्न बसपार्कलाई दिईनुपर्ने धारणा ब्यक्त गरे ।
कार्यबिधि बिना संचालन
बस टर्मिनल संचालनमा आएपनि महानगरपालिकाले बसपार्क संचालनको लागि कुनै कार्यबिधि नबनाउँदा अब कसरी संचालन गर्ने भन्ने अन्यौल छ । कार्यबिधि नबन्दा संचालनमा आएको बस टर्मिनल केही महिना महानगरका कर्मचारीले संचालन गर्नै बिराटनगर महानगरपालिकाले जनाएको छ ।
सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार संचालन गर्ने गरी नगर विकास कोषको ऋण सहयोगमा निर्माण गरिएको बस टर्मिनल निर्माण थालिएको २० महिनामा निर्माण पुरा भएको थियो । ऋण अनुदानमा निर्माण भएको बसपार्क अब निजी क्षेत्रलाई भाडामा दिएर संचालन गर्ने तयारीमा महानगर रहेको भएपनि त्यो बिषय अझै टुङ्गीन सकेको छैन । तर बसपार्कमा महानगरपालिकाले केही महिना अगाडि देखि नै कर्मचारी परिचालन गरिसकेको थियो । तिनै कर्मचारीले उठाउने शुल्कबाट ऋण र ब्याज तिर्ने तयारी महानगरसँग रहेको छ ।करिब ८ करोड ४७ लाखमा निर्माण गरिएको सो बस टर्मिनलमा एक पटकमा ६० वटा बसहरु पार्किङ गर्न सकिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्